बन्दीपुर केबलबारले पायो आईपीओ निष्काशनको अनुमति

322
Shares

काठमाडौं । बन्दीपुर केबलकारले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीलाई आईपीओ जारी गर्न बिहीबार स्वीकृति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरको ५८ करोड ६० लाख रुपैयाँबराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी’ रेटिङ दिएको छ । यो रेटिङले कम्पनी समयमै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको जनाउँदछ ।

बन्दीपुर केबलकारको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हो ।

कम्पनीले जारी पुँजीको २०.७० प्रतिशत सेयर सर्वसाधारणलाई बेच्न लागेको हो ।