साताको पाँचैदिन सेयर बजारमा वृद्धि, नेप्से १०५ अंकले बढ्दा २७०० माथि

147
Shares

काडमाडौ । यो साता सेयर बजारमा वृद्धि भएको छ । साताको पाँचै कारोबार दिन बढेको सेयर बजार परिसूचक नेप्से समग्रमा १०५.२२ अंकले बढेको हो । आर्थिक वर्षको अन्त्यतिर आउँदा सेयर बजार लगातार पाँचौ दिन पनि सकारात्मक देखिएको हो ।

गत बिहीबार २५९५.७४ को बिन्दुमा बन्द भएको बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार ९.१४ अंकले बढेर २७०३.९६ को बिन्दुमा बन्द भएको छ । यो साताको पाँच दिनमा नेप्से १०५.२२ अंकले बढेको हो । आइतबार २६.५३ अंकले बढेको बजार परिसूचक सोमबार ९.१९ अंक , मंगलबार २८.९१ अंक र बुधबार ३४.४२ बढेको थियो ।

बजार परिसूचकसँगै बिहीबार अधिकांश उपसूचक पनि बढेका छन् । बिहीबार बजारमा वित्त कम्पनी उपसूचक सर्वाधिक ४.०९ प्रतिशतले बढेको छ । त्यस्तै जीवन बिमा उपसूचक २.६२ प्रतिशत र निर्जीवन बिमा उपसूचक २.२४ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड र डेभलेपमेन्ट बैंक १ प्रतिशत माथिले वृद्धि भएको छ ।

आज बजारमा ब्यापार उपसूचक सर्वाधिक १.२९ प्रतिशतले घटेको छ । त्यस्तै लगानी उपसूचक ०.७७ प्रतिशत र हाइड्रोपावर ०.५९ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्सेमा ९६ हजार ४११ वटा कारोबारमा २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

बिहीबार बजारमा २४७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १२५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

कारोबार भएकामध्ये नेपाल फाइनान्स लिमिटेड ९.९८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै खानीखोला हाइड्रोपावर ७.१७ प्रतिशत, समृद्धी फाइनान्स ७.०८ प्रतिशत, भूगोल इनर्जी ६.७८ प्रतिशत र सयपत्री हाइड्रोपावर ६.५७ प्रतिशतले वृद्धि भएर बन्द भएको छ।

यस्तै सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय संस्थाको ५.५५ प्रतिशत, पाँचथर पावरको ३.७९ प्रतिशत र पञ्चकन्यामाई हाइड्रो पावरको सेयरमूल्य ३.७७ प्रतिशतले घटेर बन्द भएको छ ।