
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार भण्डारी नियुक्त भएका छन् ।
असार १३ गते बसेको सञ्चालक समितिको ७१औँ बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमा भण्डारीलाई १३ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।
यसअघि भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए । बैंकिङग तथा वित्तीय क्षेत्रमा १६ वर्ष भन्दा बढीको कार्य अनुभव भएका उनी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व भएको कम्पनीको भनाइ छ ।
नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको चुक्ता पूँजी २० करोड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया