साताको ४ कारोबार दिनमा ९९ अंकले बढ्यो नेप्से


काठमाडौं । यो साताको लगातार चौथो दिने पनि सेयर बजार बढ्दा बजार परिसूचक नेप्सेमा करिब १०० अंकको वृद्धि भएको छ । आर्थिक वर्षको अन्त्यतिर आउँदा सेयर बजार सकारात्मक देखिएको हो । गत बिहिबार २५९५.७४ को बिन्दुमा बन्द भएको बजार परिसूचक नेप्से यो साताको चौथो दिन बुधबार पनि लगातार बढेर बन्द भएको हो ।

साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ को बिन्दुमा बन्द भएको छ । यो साताको चार दिनमा नेप्से ९९ अंकले बढेको हो । आइतबार २६.५३ अंकले बढेको बजार परिसूचक सोमबार ९.१९ अंक र मंगलबार पनि २८.९१ अंकले बढेको थियो ।

बजार परिसूचकसँगै बुधबार सबै उपसूचक पनि बढेका छन् । जीवन बीमा उपसूचक २.८३ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.५१ प्रतिशतले बढेको छ । विकास बैंक उपसूचक २.३१ प्रतिशत र वित्त कम्पनी उपसूचक १.९९ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार, बैंकिङ र लगानी उपसूचक पनि १ प्रतिशतभन्दा माथिले बढेको हो ।

बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार नेप्सेमा ८९ हजार ४६८ वटा कारोबारमा ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट फण्डको सबैभन्दा धेरै ५५ करोड ५३ लाखको कारोबार हुँदा साहस उर्जाको ९५ करोड ४१ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड लक्ष्मी सन्‌राइज बैंकको संस्थापक सेयर २९ करोड ६८ लाख र बुटवल पावर कम्पनीको २८ करोड ७५ लाखको सेयर कारोबार भएको छ ।

मंगलबार बजारमा २४८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६५ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १ कम्पनीको स्थिर छ ।

कारोबार भएकामध्ये ग्रिन डेभलपमेन्ट बैंक र खानिखोला हाइड्रोपावर सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । नेपाल इन्स्योरेन्सको सेयरमूल्य पनि ९.८२ प्रतिशत, गुँरास लघुवित्तको सेयरमूल्य ९.१५ प्रतिशत र सिन्धु विकास बैंकको सेयरमूल्य ८.९२ प्रतिशतले बढेर बन्द भएको छ ।

यता ९ प्रतिशत ब्याजदरको आईसीएफसी डिवेञ्चर २०८८ ३.७३ प्रतिशत, वीन नेपाल लघुवित्तको सेयरमूल्य ३.३१ प्रतिशतले गिरावट र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य २.४७ प्रतिशतले घटेको छ ।