सुनचाँदीमा कर: व्यवसायीको आन्दोलनले न्यूरोड प्रभावित (तस्बिरहरू)

105
Shares

काठमाडौं । सुनचाँदी गहनामा सरकारले २ प्रतिशत विलासिता कर लगाएको विरोधमा सुनचाँदी व्यवसायीहरूले काठमाडौंको न्यूरोड क्षेत्र ठप्प पारेका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा व्यवसायीहरूले बिहीबार बिहानैदेखि व्यवसाय बन्द गर्दै सडकमा उत्रिएका हुन् । उनीहरूले न्यूरोड क्षेत्रभर व्यवसाय बन्द गरी खबरदारी र्‍याली र सभा गरेका छन् ।

यसअघि कर फिर्ता लिन सरकारसँग भएको सहमतिका आधारमा आन्दोलन स्थगित गरिएको थियो । तर माग बेवास्ता गर्दै बजेट पारित गर्न लागिएको भन्दै व्यवसायीहरू पुनः आन्दोलनमा उत्रिएको महासंघले जनाएको छ।

आन्दोलनका कारण न्यूरोड क्षेत्र, विशेषतः विशाल बजार, इन्द्रचोक, बांगेमुढा, असन, भोटाहिटी र वीर अस्पताल क्षेत्रसम्म सवारी आवागमन प्रभावित भएको छ ।