बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै होइनः अर्थमन्त्री

70
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएको बताएका छन् ।

बिहीवारको राष्ट्रिय सभाको बैठकमा उनले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी भएको बताए ।

अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रुपमा गर्ने उनको भनाइ छ ।

सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्नुपर्ने अर्थमन्त्रीको भनाइ छ । बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरु, निर्देशिकाहरु आदि चिजलाई तदनुकुल नै अपडेट गर्न लागिएको उल्लेख गरे।

अर्थमन्त्री पौडेलले भने, ‘बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी हो । अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रुपमा गर्नुपर्छ । त्यसरी नै सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रुपमा गरेर बजेट कार्यान्वयन गर्नुपर्छ । हामीले के कस्ता प्रवन्धहरु गर्दा बजेट कार्यान्वयन सहज ढंगले हुनसक्छ भन्नेमा यो बजेट केन्द्रित छ । हाम्रा बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरु, निर्देशिकाहरु आदि चिजलाई तदनुकुल नै अपडेट गर्दैछौँ ।’

अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत भएको भोलिपल्टैदेखि बजेट कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरिएको बताए ।