
एजेन्सी । इजरायलविरुद्धको युद्धमा इरान विजयी भएको इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले दाबी गरेका छन् ।
युद्धविरामपछि पहिलोपटक सार्वजनिक बयान दिँदै खमेनीले यस्तो दाबी गरेका हुुन् ।
‘निकै हल्लाखल्ला र ठूलोठूलो दाबी गरेको भए पनि इजरायली सरकार लगभग ढलेको थियो र इस्लामी गणतन्त्रले जायोनिस्ट सत्तालाई दबाइदिएको थियो,’ आयातोल्लाहको भनाइलाई इरानको सरकारी समाचार संस्थाले उद्धृत गर्दै लेख्यो ।
‘महान् इरानले नक्कली जायोनिस्ट सरकारविरुद्ध विजय हासिल गरेको’ भनी खमेनीले दाबी गरे ।
इजरायल सरकार ढल्ने भयो भन्ने लागेपछि अमेरिका यस युद्धमा प्रवेश गरेको पनि उनले बताए ।
तर, अमेरिकीहरूले यस युद्धबाट केही पनि हासिल गर्न नसकेको उनको भनाइ छ ।








प्रतिक्रिया