
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्न थालिएको छ ।
पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार परिचयपत्र वितरण सकिएलगत्तै आज दिउँसो १ बजेबाट बन्दसत्र सुरु हुनेछ ।
आइतबारदेखि भरतपुरमा सुरु भएको यस महाधिवेशनमा देशभरका करिब ४,५०० प्रतिनिधिहरू सहभागी छन् ।
हाल बन्दसत्रको बाँकी कार्यसूचीबारे आवश्यक छलफल भइरहेको जानकारी दिइएको छ ।








प्रतिक्रिया