
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेका सांसद डा. प्रकाशशरण महतले अहिलेकै तरिकाबाट दुई पक्षीय ऋणहरु लिन नहुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बताए । अहिलेको तरिकाबाट लिइरहेको बाइल्याटरल ऋणले नेपाललाई फाइदा गर्न नसकेको जिकिर गरे ।
नेपालले उदार र महंगो दरमा ऋणहरु लिन नहुने उनको भनाइ छ । बाइल्याटरल ऋणका शर्तहरु नसुहाउँदो रहेको भन्दै उनीहरुकै ठेकदार र उनीहरुलाई छोटो समयमै फिर्ता दिनुपर्ने महँगो ब्याजको ऋण लिन बन्द गर्नुपर्ने बताए ।
उनले बहुपक्षीय ऋण नेपालले लिएर आफ्नो आवश्यकताका आधारमा लगानी गर्नसक्ने स्थिति निर्माण गर्नुपर्ने बताए । आफू आन्तरिक ऋण बढाउनै हुँदैन भन्ने पक्षमा नरहेको पनि स्पष्ट पारे ।
पूर्वअर्थमन्त्री महतले भने, ‘बाइल्याटरल ऋण जसरी हामी लिइरहेका छौँ, त्यसले हामीलाई फाइदा दिइरहेको छैन । यस्तो मुनिफिसेन्ट र कस्टली ऋणहरु हामीले लिनु हुँदैन । बाइल्याटरल ऋण यही तरिकाबाट लिन बन्द गर्नुपर्छ । बाइल्याटरल ऋणका जुन तमाम शर्तहरु छन्, उनीहरुकै सामान, उनीहरुले ठेकदार र त्यसमाथि सर्ट टर्ममै रिटेन गर्नुपर्ने र हाइ इन्ट्रेस्ट रेट । यो कुनै हामीलाई सुट गरिरहेको छैन । कि त हामीले मल्टील्याटरल एजेन्सीबाट जसरी लिन्छौँ त्यो शर्त स्वीकार गर्नुपर्छ । होइन भने हामी बाइल्याटरल ऋण डिस्करेज गर्नुपर्छ । र मल्टील्याटरल ऋण लिने तर मल्टील्याटरल ऋणमा हाम्रो प्रोजेक्ट च्वाइसमा हाम्रो सघन सहभागिता नेपालको हुनुपर्छ । नेशनल वर्नरसिप । यो भयो भने मलाई लाग्छ इन्टरनेशनल फाइनान्सिङको कुरा गर्दा ऋणको जुन पार्ट छ, यसको इफिसेन्ट एलोकेसन हुनसक्छ । यो मोडेलमा जानुपर्छ । इन्टरनल ऋण बढाउनै हुँदैन भन्ने पक्षमा होइन । बढाउन सकिन्छ ।’
पूर्वअर्थमन्त्री महतले रिसोर्स बिनाको अनफण्डेट अधिकार खोलिरहेको बताए । उनले जलवायु वित्त पनि नेपालले न्युन पाइरहेको बताए ।







प्रतिक्रिया