
काठमाडौं । सरकारले चालु आगामी आर्थिक वर्षदेखि टाकुरा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ देखि शितल आवास (हिल स्टेसन) पूर्वाधार निर्माण गर्न सरकारले १६ करोड ४० लाख रुपैयाँको बजेटसमेत विनियोजन गरेको छ ।
आगामी वर्षबाट सुरु हुन लागेको नयाँ पर्यटकीय कार्यक्रम सातै प्रदेशबाट सुरु हुने र त्यसको प्रवद्र्धन र विकास त्यसपछिका वर्षहरुमा पनि हुँदै जाने गरी बजेट आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।
उनले भने ‘आगामी वर्ष हिल स्टेसन पर्यटन प्रवद्र्धनको पूर्वाधार निर्माण सुरु हुने भएको छ ।’ यो कार्यक्रम सबै प्रदेशमा पर्यटक बस्ने, घुम्न जाने स्थल हुने हुँदा यसले पर्यटकीय गन्तव्यको रुप लिने विश्वासका साथ बजेट विनियोजन भएको पनि उपाध्यायले बताए ।
यो कार्यक्रम पर्यटन मन्त्रालको भएकोले यसलाई कार्यान्वयनमा लैजाने काम पर्यटन विभागले गर्ने छ । विभागले सूचना निकाल्ने, आयोजना कार्यान्वयनका लागि उपयुक्त कम्पनीको छनोट गर्नेदेखि त्यसको प्रभावकारिताको अध्ययनसम्म गराउने काम गर्न पनि पर्यटन मन्त्रालयकोले जानकारी दिएको छ ।
पर्यटन मन्त्रालयका अनुसार हिल स्टेसन पूर्वाधार निर्माण गर्न प्रदेश अनुसार तीन करोड रुपैयाँसम्मको बजेट विनियोजन भएको छ । मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्खाखाँचीमा पर्ने नरपानीमा हिल स्टेसन पूर्वाधार बन्ने भएको छ । यो स्थानमा पर्ने पूर्वाधारका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
कोशी प्रदेशको साउने खांवु त्रयुगामा बनाउने हिल स्टेसनको लागि पनि ७० लाखकै बजेट विनियोजन भएको छ भने बाँकी ५ वटा प्रदेशमा निर्माण हुने हिल स्टेसनको लागि सबै प्रदेशलाई ३/३ करोड रुपैयाँको बजेट विनियोजन भएको छ । ७० लाख रुपैयाँ मात्रै विनियोजन भएको लुम्बिनी र कोशी प्रदेशका यी आयोजना क्रमागत भएको उल्लेख छ ।
पर्यटन मन्त्रालयका अनुसार नुवाकोटको सुइनेचौर शिवपुरीमा, गण्डकी प्रदेशको जलजलाको सिर्पु तथा जलजला क्षेत्रमा, सुदुरपश्चिम प्रदेशको बुढीतोला गोदावरीमा, कर्णाली प्रदेशको कयलकाँडा राम्रीकाँडा गोठीकाँडा वीरेन्द्रनगरमा र मधेश प्रदेशको चुरे तथा सनि मन्दिर धार्मिक पर्यटकीय क्षेत्र रुपनी सप्तरीमा शितल आवास बन्ने भएको छ ।
यसका साथै पर्यटन मन्त्रालयले सात प्रदेश सात गन्तव्यको पूर्वाधार विकास गर्दै जाने भएको छ । यसका लागि ३ करोड बजेट विनियोजन तीन वटा क्षेत्रमा १/१ करोड खर्चिएर पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास गर्ने भएको छ ।
यस्तो कार्यक्रमबाट सात प्रदेश अन्तर्गत स्याङ्जा, घोडाघोडी ताल क्षेत्र पूर्वाधार विकास कैलालीमा क्रमागत रुपमा सम्पन्न हुने आयोजना छनोट गरेर उक्त बजेट खर्च हुने भएको छ । इन्द्रसरोवर क्षेत्र पूर्वाधार विकास मकवानपुरमा र देवीस्थान तथा देवीदह क्षेत्र पूर्वाधार विकास लाहान १७ सिराहा मधे प्रदेशमा पनि क्रमागत आयोजनमा नाममा बजेट विनियोजन भएको छ ।
पर्यटन मन्त्रालयले सांस्कृतिक पदमार्ग (कल्चरल ट्रेल) को पूर्वाधार बनाउनमा ६ करोड १० लाख खर्च गर्ने भएको छ। इसतो पूर्वाधार अन्तर्गगत उपत्यका वरिपरि ककनी, सूर्यचौर, चिसापानी, चम्पादेवी, वानेश्वर डाँडा, चन्द्रागिरी, तोपलाङग तथा तारेभिर जोड्ने कान्तिपुर ट्रेल काठमाडौं ललितपुर भक्तपुर काभ्रे मकवानपुर हुँदै धादि« जोड्ने टे«ल बन्ने भएको छ । यो ट्रेलमा आवश्यक प्रर्वाधार बनाउन १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सांस्कृति पर्यटन पूर्वाधारको रुपमा ग्रेटर मुन्धुम ट्रेल सुनसरी र भोजपुर क्षेत्रलाई ५० लाख, महाभारत ट्रेल काभ्रे सिन्धुलीलाई १ करोड र रामारोशन खप्तड बडिमालिका बुढिनन्दा रानिसैन ट्रेललाई ३ करोड रुपैयाँको बजेटसमेत विनियोजन भएको छ ।
मन्त्रालयले अन्य पर्यटन पूर्वाधार बनाउन विभिन्न जिल्लाका लागि हरेक आयोजनामा ३ करोडका दरले २०५ वटा आयोजना छनोट गरेर १ अर्ब ८६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
गत वर्ष सरकारले नीति तथा कार्यक्रममार्फत टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने घोषणा गरेको थियो । गत वर्ष १ जेठमा सार्वजनिक सरकारको नीति तथा कार्यक्रममार्फत तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने घोषणा भएको थियो ।
पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गर्न पर्यटकीय सम्भावना बोकेका पहाडी भू–भागमा स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना गर्न उक्त कार्यक्रम घोषणा भएपनि यस वर्ष सोही कार्यक्रम अन्तर्गत हिल स्टेसन पूर्वाधारको रुपमा सरकारले बजेट विनियोजन गरेको हो ।








प्रतिक्रिया