सेयर बजारको कक्षा ‘इन्भेस्टमेन्ट गुरु’मा लिन सकिने


काठमाडौं । सेयर बजारमा लगानी गर्ने नेपाली लगानीकर्तालाई अब केही सहज हुने भएको छ । सेयर बजारसम्बन्धी ज्ञान दिनका लागी ‘इन्भेस्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने यो संस्थाले लक्ष्य राखेको यो संस्थाले आम नागरिकलाई सेयर बजारसम्बन्धी ज्ञान दिनेछ ।

विशेषगरी नयाँ लगानीकर्ता तथा सेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने संस्थाका सिइओ अमित झाले जानकारी दिए । सेयर बजारका आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्याङ्कन जस्ता विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा प्रदान गरिने उनले बताएका छन् ।

उनका अनुसार इन्भेस्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शिक्षा प्रदान गर्नेछ। जसका लागि कार्यालयमा सुविधा सम्पन्न कक्षा कोठा तयार गरिएको छ जहाँ एकसाथ भौतिक र अनलाइन कक्षा सञ्चालन गर्न सकिने सुविधा छ ।

संस्थापक झा स्वयं विगत पाँच वर्षदेखि सेयर सम्बन्धी प्रशिक्षण तथा परामर्श क्षेत्रमा सक्रिय छन्। उनले बताएअनुसार ‘इन्भेस्टमेन्ट गुरु’मार्फत आधारभूतदेखि एड्भान्स स्तरसम्मको सेयर शिक्षा प्रदान गरिनेछ ।

निकट भविष्यमा सेयर शिक्षा देशका विभिन्न भागहरूमा विस्तार गर्ने योजना पनि संस्थाले लिएको छ ।

Skip This