
काठमाडौं । नेपालमा १६ खर्ब ४४ अर्ब रुपैयाँको आयात हुँदा निर्यात २ खर्ब ४७ अर्ब रुपैयाँको भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको तथ्यांक अनुसार नेपालमा भएको पछिल्लो समयको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो ।
गत वर्ष यो अवधिमा १४ खर्ब ५३ अर्ब रुपैयाँको आयात भएको थियो भने उक्त समयमा भएको निर्यात १ खर्ब ३९ अर्ब रुपैयाँको मात्रै छ ।
नेपालबाट हुने निर्यात आयातको तुलनामा न्यून हिस्सा भएपनि निर्यातको बृद्धिदर भने बढेको छ । गत वर्षको तुलनामा यो वर्ष करिब १ अर्ब रुपैयाँले निर्यात बढेको छ । यस्तो निर्यात जेठ सम्ममा ७७.७७ प्रतिशतले बढेको छ ।
तथ्यांक अनुसार आयात बढेको र सो अनुपातमा निर्यातको योगदान कम हुँदा ब्यापार घाट भने गत वषको तुलनामा ६ प्रतिशतले बढेको छ । गत वर्षको यो अवधिमा १३ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा रहेकोमा यो वर्षको जेठसम्ममा १३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।
यो अवधिमा नियाृतको नेपालबाट भएको निर्यातको सिस्सा १३ प्रतिशत छ भने आयातको हिस्सा करिब ८७ प्रतिशत रहेको पनि देखिएको छ ।







प्रतिक्रिया