संसद् बैठकमै सांसदले च्याते बजेट पुस्तिका (भिडियो)


काठमाडौं । संसद बैठकमै सांसदले बजेट पुस्तिका च्यातेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका च्यातेका हुन् । आगामी आर्थिक वर्षको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् ।

संसदमा अहिले बजेटमाथिको छलफल चलिरहेको छ ।

जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए ।