
इजरायलले गरेको आक्रमणको जवाफ फर्काउने क्रममा इरानले प्रहार गरेको क्षेप्यास्त्र र ड्रोनलाई इजरायलको प्रतिरक्षा प्रणाली आइरन डोमले रोक्न सकेको छैन ।
इरानी हतियारले इजरायलमा विशाल क्षति गरेपछि इजरायली सेनाले ड्रोन खसाउनका लागि कम्ब्याट हेलिकप्टर प्रयोग गर्न थालेको छ ।हेलिकप्टरबाट इरानी ड्रोनलाई आकाशबाटै खसाएको भिडियो इजरायली सेनाले प्रसारण गरेको छ । ड्रोनलाई खसाएपछि इजरायली पाइलटले आल्फा अन टार्गेट भनेको सुनिन्छ ।
इरानले गरेको आक्रमणका कारण शनिवार राति र आइतवार बिहान इजरायलका हाइफा, तेल अभिभ र जेरुसेलम जस्ता ठूला शहरहरूमा रहेका भवनहरू क्षतिग्रस्त भएका छन् ।
त्यस आक्रमणमा परेर १० जना इजरायलीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । कैयौं मानिस हराइरहेको बताइएको छ ।
शुक्रवारदेखि नै इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन लगायतका प्रोजेक्टाइलहरू प्रहार गर्दै आएको छ । इरानी आक्रमणमा परी हाइफाको तेल प्रशोधन केन्द्रमा आगो लागेको छ ।
उता इजरायलले चाहिँ इरानी सेनाको केन्द्रीय कार्यालयलाई क्षतिग्रस्त बनाएको र इरानको ठूलै तेल डिपोलाई ध्वस्त पारेको दाबी गरेको छ ।
इजरायलले आक्रमण जारी राखेमा थप ठूला र विस्तारित प्रत्याक्रमण गर्ने चेतावनी इरानले दिएको छ ।
स्रोत : सीएनबीसी








प्रतिक्रिया