क्लिकमान्डुको विशेष प्रकाशन र प्रि मनिटरी पोलिसी डिस्कसन जारी

63
Shares


काठमाडौं । क्लिकमान्डु डटकमले आयोजना गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’को कार्यक्रम सुरु भएको छ । होटल र्‍याडिसनमा कार्यक्रमलाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको हो ।

क्लिकमान्डुको विशेष प्रकाशन ‘मौद्रिक सुशासन’ सार्वजनिक भएकाे छ भने मौद्रिक नीतिबारेको पूर्वसमीक्षा सुरु भएकाे छ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलका साथ राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल लगायत उद्योगी, व्यवसायी, बैंकर लगायतको उपस्थिति छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

क्लिकमान्डुले विशेष प्रकाशनमार्फत देशको मौद्रिक प्रणाली, केन्द्रीय बैंक, मौद्रिकवित्त नीति अन्तरसम्बन्धमाथि गम्भीर र तथ्यपरक विश्लेषण भइरहेकाे छ ।

https://www.youtube.com/watch?v=XVt-VJ8wZh4