वायुसेवा निगमभित्रको बेथिति छानविन गर्न अख्तियारमा उजुरी

196
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम भित्रको वेथिति र भ्रष्टाचारको छानविन गरेर कारवाहीको माग गर्दै अख्तियार दुृरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

राष्ट्रिय मातृभूमि पार्टीले अख्तियार प्रमुख प्रेम राईलाई सम्बोधन गरेर दायर गरेको उक्त उजुरीमा अख्तियारलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महाप्रवन्ध त्रिरत्न मानन्धरको संयोजकत्वको निगमसम्बन्धि छानविन समितिबाट दिइएको प्रतिवेदन झिकाई त्यस उपर छानबिन गर्न माग गरिएको छ ।

अख्तियाारले निगमको छानबिन गरेको अवस्थामा खस्कदो साख स्वतः बढ्दै जाने र ध्वजावाहकले व्यहोर्न परेको हालको ६० प्रतिशतको नोक्सानीमा कमी आउनुको दाबी गरिएको छ । निगमको ११ प्रतिशले ले घट्दै गएको आम्दानीमा सुधार ल्याउन पनि निगमको हालको नेतृत्वले गरिरहेको काम कारवाहिको छानविन गर्नुपर्ने दाबी गरिएको छ ।

अख्तियारलाई निगमको व्यवस्थापन सार्वजनिक खरीद ऐन र नियमावलीको प्रावधान विपरित इटलीको एक कम्पनीलाई इन्जिन मर्मत गर्न दिने र समयमा नल्याउने तथा सोही कम्पनीबाट अर्को इन्जिन भाडामा लिएर पुनः भाडामा लगाउने काम गरी दोहोरो कमिशन लिने कार्यबाट निगमको घाटा बढिरहेको विषयमा छानविन गर्न माग गरिएको छ ।

वाइडबडीको इन्जिनहरु ३० दिनमा सी चेक गरेर फर्काउने शर्तमा इटली लगिएकोमा ८२ र ८४ दिनमा सी चेक गरेर आउदा निगमले ठूलो व्यापार हिस्सा गुमाउनु परेको र ती इन्जिनमा बारम्बार समस्या आइरहदा निगमले ठूलो आर्थिक क्षतिका साथै साख गुमाउन परेकोले यसको विषयमा छानविन गर्नुपर्ने माग उजुरीकर्ताको छ ।

तीन वर्षदेखि दुबईको निगमको स्टेशनबाट दुई करोड रुपैयाँ ह्याकर मार्फत अन्यत्र खातामा जाँदा निगमलाई नोक्सानी भएको विषयमा र निगमको व्यवस्थापन सुधार निम्ति अपनाउनु पर्ने अन्य अत्यावश्यक काम कारवाहीको विषयमा पनि छानविन गर्नुपर्ने माग उजुरीकर्ताले गरेका छन् ।