अनियमित उडानसँगै नेतृत्वको कमजोरीले वायुसेवा निगमको आम्दानी १०% गुम्यो, अर्बभन्दा बढी घाटा

322
Shares

नेपाल वायुसेवा निगमले पछिल्लो १० महिनामा करिब साढे ११ अर्ब आम्दानी गरेकाे छ । तर जहाज थन्किएकै कारण अर्बौं दायित्वकाे निगम हरेक महिना घाटामा जानुले यसलाई ऋण नतिर्दा वा न्यून मात्रै तिर्दा पनि कर्मचारी पाल्न र धानिन धौधौ परिरको छ ।

काठमाडौं । अनियमित आम्दानी र नेतृत्वको कमजोरीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आम्दानी साउनदेखि वैशाखसम्मको १० महिनामा दश प्रतिशतले घटेको छ । निगमले यो अवधिमा गरेको आम्दानी अघिल्लो सोही अवधिको तुलनामा १ अर्ब ३७ करोड रुपैयाँले आम्दानी घटेकाे छ भने निगम अर्ब रुपैयाँभन्दा बढीकाे घाटामा छ।

निगमले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ११ अर्ब ७६ करोड रुपैयाँ यात्रु सेवा बिक्रीबाट आम्दानी गरेको छ । निगमले जहाज उडाएर गरेको यस्तो आम्दानीमा टिकेट तथा यात्रु कार्गोको आम्दानीबाट भएको पनि तथ्यांकले देखाएको छ । यस्तो आम्दानीका लागि निगमले ४ लाख ४९ हजार यात्रुलाई सेवा दिएको छ ।

निगमको आन्तरिक उडानको जहाज लामो समय थन्कनु र अन्तर्राष्ट्रिय उडानका जहाज पनि मर्मत संभारका नाममा लामो समय एउटा एउटा गरी थन्कनुको असर आम्दानीमा परेको हो ।

निगमका अनुसार नियमित हुने आम्दानी घटेकै कारण यसले जहाज किन्दा लिएको ऋणको किस्ता पनि आंशिक मात्रै भुक्तानी गर्दै आएको छ । यसले नियमित आम्दानी गर्न नसकेका कारण कर्मचारी संचयकोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने न्यारोवडी तथा वाइडबडी जहाजको किस्तासमेत पूर्ण रुपमा तिर्न सकेको छैन् । जसका कारण जहाज किन्दा लिएकाे ऋणले निगम थिचिदै गएको छ ।

निगमले पछिल्लो १० महिनामा करिब साढे ११ अर्ब आम्दानीगरेकाे छ । तर जहाज धन्किकएकै कारण अर्बो दायित्वकाे निगमलाई हरेक महिना एक अर्ब आम्दानी गर्न पनि धौधौ देखिएको छ । निगमले साउन र भदौमा एक अर्व पनि आम्दानी गर्न सकेन भने अरु समयकाे औसत आम्दानी भने एक अर्ब भन्दा माथि छ ।

वायुसेवा निगमकाे अध्यक्षमा हाल युवराज अधिकारी छन् । प्रेम आले पर्यटन मन्त्री भएका बेला सरकारले नियुक्त गरेकाे अधिकारीलाई आलेकै प्रस्तावमा सरकारले हटाएकाे थियो । तर अधिकारी सर्वोच्च अदालकाे आदेशका भरमा निगम नेतृत्वमा टिकिरहेका छन् । उनले निगमलाई लाभ दिन र दीर्घकालीन नाफामा लैजानेसहितकाे काम भने गर्न सकेनन् ।

निगमले चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो साउनदेखि वैशाखसम्ममा उक्त आम्दानीका लागि ५३ हजार यात्रुलाई उडान सेवा दिएको छ । गत वर्ष वर्ष २०८०/८१ को तुलनामा सोही अवधिमा निगमले ५१ हजार यात्रुलाई उडाएर १३ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको पनि तथ्यांकले देखाएको छ । यो आम्दानीका लागि निगमले ५ लाख ११ हजार यात्रुलाई सेवा दिएको थियो।

चालु आर्थिक वर्षकाे साउनदेखि वैशाखसम्मको निगमकाे यात्रु उडान तथा आम्दानी विवरण ।

दुईवटै जहाज ग्राउण्डेड भएपनि तीन महिनासम्म निगमको आन्तरिक उडान ठप्प भयो । बाँकी अवधिको ७/८ महिना पनि एउटा मात्रै ट्वीनअटरले सेवा दिएका कारण पनि आन्तरिक उडान कमजोर भएको निगमका प्रवक्ता सुवास डाँगीको भनाइ छ । निगमले अहिले दुईवटै आन्तरिक उडानको ट्वीनअटर उडान गर्न थालेको र दुवै जहाजबाट दैनिक ८ वडाको तालिका बनाएकोले विस्तारै आन्तरिक उडानको योगदान बढ्ने दाबी उनकाे छ ।

अन्तर्राष्ट्रिय उडानका जहाज भने इन्जिन मर्मतका नाममा पालैपालाे गरी पछिल्लो एक वर्षमा एक १६० दिन थन्कियो । इन्जीन बनाउन भनेर ३० दिनका लागि गएका एउटा जहाज ८० दिन भन्दा लामाे समय लगाएर फर्कियो भने दाेस्राेकाे हालत पनि त्यस्तै भो । जसका कारण निगम थप कमजाेर हुँदै गयो ।

निगमले गत वैशाखमा ५३ हजार यात्रु उडाउँदा १ अर्ब ५८ करोड, चैतमा ५० हजार यात्रु उडाउँदा १ अर्ब ४३ करोड रुपैयाँ संकलन गरेको थियो । यसले फागनुमा ४७ हजार यात्रुबाट १ अर्ब ३५ करोड, माघमा ४५ हजार यात्रुबाट १ अर्ब १५ करोड रुपैयाा संकलन गरेको छ ।

पुसमा ४४ हजार यात्रुबाट १ अर्ब ३० करोड रुपैयाँ संलकन गरेको छ । मंसिरमा ५१ हजार यात्रुबाट १ अर्ब ७३ करोड कात्तिकमा ४६ हजार यात्रु बोक्दा १ अर्ब ४५ करोड रुपैयाँ संलकन गरेको छ । असोजमा ४४ हजार यात्रुबाट १ अर्ब ४२ करोड, भदौमा २८ हजार यात्रुबाट ६८ करोड र साउनमा ३९ हजार यात्रुबाट ९४ करोड रुपैयाँ संकलन गरेको तथ्यांकले देखाएको छ ।