तीन वर्षदेखि तलब नबढेका कर्मचारीलाई खुसी बनाउँदै बजेट आउने, कति पुग्ला कर्मचारीको तलब ?

3.5k
Shares

काठमाडौं । तीन वर्षदेखि तलब नबढेका कर्मचारीहरुलाई खुशी बनाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । सरकालाई स्रोतको जोहो गर्न चाप परेको भए पनि कर्मचारीको तलब बढाएर काम लिनपर्ने र सबैलाई रिजाएर काम गर्नुपर्ने वाध्यताकाबीच तबल बढ्ने संकेत अर्थ मन्त्रालयले गरेको छ ।

अर्थ मन्त्रालयक अनुसार कर्मचारीको तलब बढ्ने गरी बजेट तयार भएकोले अर्थमन्त्रीको भाषणमा त्यसालाई प्रतिशतका आधारमा सम्बोधन गरिने उल्लेख छ ।

सरकारले कर्मचारीको तलबभत्ता बढाउने भएपनि सामाजिक सुरक्षा भत्ता पाउने भने उमेर भने २ वर्षले घटाउने भएको छ ।
सामाजिक सुरक्षा भत्ता हाल ६८ वर्षमा दिइरहेको सरकारले अब भने ७० वर्षमा मात्रै दिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमार्फत कर्मचारीको तलब बढाउने र उक्त बढेको तलब भने आगामी साउन १ गतेदेखि मात्रै लागू हुने छ ।

यस अघि २०७९ जेठ १५ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमार्फत कर्मचारीको तलब बढाएका थिए । त्यतिबेला १५ प्रतिशतले कर्मचारीको तलब बृद्धि गरिएको थियो । सोही अनुसारको तलब हाल लागू भइरहेको र आगामी साउनसम्म यही तलबमान लागू हुने छ ।

साउनसम्मको तलबमान अुनसार मुख्यसचिवको ७७ हजार २११, सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७३७, उपसचिवको ४८ हजार ७३७, शाखा अधिकृतको ४३ हजार ६८९ र नायव सुब्बाको ४३ हजार ३८९ रुपैयाँ तलब हुन्छ । साउनपछि आउने तलबमा भने बढेको तलब पाउने भएका छन् ।