गभर्नर नियुक्त हुने चर्चा बीच मन्त्रिपरिषद बैठक स्थगित

4.4k
Shares

काठमाडौं । सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । गभर्नर नियुक्त हुने चर्चा बीच बस्ने तयारी भइरहेको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयले जानकारी दिएको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन भइरहेको थियो । राजनीतिक रुपमा गभर्नर कांग्रेसले पाउने सहमति भइसकेको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलाई नियुक्त गर्ने विषयले चर्चा पाएको छ ।

यद्यपी उनले गभर्नर सिफारिस समितिबाट राजीनामा दिइसकेका छन । सरकारले पौडेलेको राजीनामा आएपछि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद पोषराज पाण्डेलाई राखेर नयाँ गभर्नर सिफारिस समिति गठन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने बताइएको छ।