गभर्नर सिफारिस समितिमा पाण्डे ल्याउनेसहित यी हुन् मन्त्रिपरिषद्का ३० निर्णय

2.2k
Shares

काठमाडौं । सरकारले गभर्नर सिफारिस समितिमा पोषराज पाण्डेलाई चयन गरेको छ । वैशाख ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिको लागि सिफारिस गर्न २०८१ चैन ११ मा गठन गरेको सिफारिस समिति विघटन गर्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको लागि नामावली सिफारिस गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ को उपदफा(२) अनुसार सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री, विष्णुप्रसाद पौडेल -संयोजक, पूर्वगभर्नर महाप्रसाद अधिकारी-सदस्य र आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्येबाट डा. पोषराज पाण्डे सदस्यलाई चयन गर्ने निर्णय गरेको हो ।

यो सहित वैशाख २५ र ३१ गते बसेको मन्त्रिपरिषद्ले ३० वटा निर्णय गरेको छ ।

यस्ता छन् निर्णय