गभर्नरमा मेरो कोही उम्मेदवार छैन, मेरिटोक्रेसीका आधारमा क्षमतावान् नियुक्त हुन्छन्: प्रधानमन्त्री

308
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा आफ्नो कोही उम्मेदवार नभएको दाबी गरेका छन् ।

बिहीबार पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुने बताए ।

गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको उनको भनाइ छ ।

‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन,’ ओलीले भने, ‘मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।’

आजभोलि मेरिटोक्रेसी पनि योजनाबद्ध भएको उनको भनाइ छ ।

‘जाँच लिएको जस्तो गर्ने, जाँच लिने जाँचकी आफ्नै पेपर काट्ने अन्तर्वार्ता लिने आफ्नै नतिजा निकाल्ने आफ्नै, कसको नाम निकाल्ने हजुर भनेर सोध्ने अनि फलानोको निकाल् भन्ने अनि निकालिदिने आफ्नै,’ उनले भने, ‘ अनि मेरिटोक्रेसीको धाक लगाउने । जाँच लिने भए जाँचै लिउँ तर फेयर्ली गरौं । म एक्लै छैन यो देशमा । म प्रधानमन्त्री हो तर एक्लै त छैन नि !’

क्लिकमान्डु विशेष श्रृंखला को र कस्तो गभर्नर ? पढ्न क्लिक गर्नुस् ।