१० वायुसेवाले हवाई सेवामा कर तिरेनन्,  विदेशी एयरलाइन्सबाट २ अर्ब ३१ करोड असुल गर्नुपर्ने

35
Shares

काठमाडौं । नेपाल उडान गर्ने १० विदेशी वायुसेवाले हवाई सेवामा कर नतिरेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ । महालेखाको ६२ औं प्रतिवेदन अनुसार १० विदेशी वायुसेवाबाट मात्रै २ अर्ब ३१ करोड रुपैयाँ कर असुल गर्नुपर्ने छ ।

आयकर ऐन, २०५८ को दफा ७० मा नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त विवरणअनुसार १३ गैरबासिन्दा हवाई कम्पनीले २०८०/८१ मा विभिन्न गन्तव्यमा नेपालबाट उडान भर्दा कर दाखिला गरेको नपाइएको हो ।

प्राधिकरणको तथ्यांक अनुसार १० वटा वायुसेवा कम्पनीले मात्रै २ अर्ब ३१ करोड ५५ लाख २८ हजार रुपैयाँ तिर्नुपर्छ । यस्तो शुल्क सहित कर दाखिला गरेको लाग्ने शुल्क तथा ब्याज असुल गर्न छानबिन गर्नुपर्ने पनि महालेखाले औल्याएको छ ।