
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा उनले दुई तिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आवद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताएका छन् ।
राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर बनाउन उनले आग्रह गरिन्।
‘देशलाई ग्रे लिष्टबाट मुक्त गर्नुपर्नेछ । देशको अर्थतन्त्र सवलीकरण गर्नुपर्ने छ । तर पनि गभर्नरको नियुक्ति नभएर समितिकै सदस्यले राजीनामा दिएको भन्ने विषय बाहिर आइरहेको छ । यस्तो अवस्थामा यो दुई तिहाइको यति बलियो सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न चाहन्छु,’ उनले भनिन्, ‘ गभर्नर नियुक्तिको विषयमा बाहिर चर्चा भइरहेको छ । सरकारमा आबद्ध दलहरुको दलगत स्वार्थ नमिलेर अथवा अरु विभिन्न कारणले गभर्नर नियुक्ति हुन सकेको छैन भन्ने जुन कुरा बाहिर आइरहेको छ त्यसले राष्ट्रकै बेइजती भइरहेको छ । त्यसकारण राष्ट्रको बेइजत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्न सरकारलाई आग्रह गर्दछु।’
दुई तिहाइको सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न आफू इच्छुक रहेको उनको भनाइ छ ।







प्रतिक्रिया