गभर्नर नियुक्ति चाँडै: गृहमन्त्री

595
Shares

विराटनगर । गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकमा गर्भनरको नियुक्ति चाँडै हुने बताएका छन् ।

विराटनगरमा निर्मित मोरङ कारागारको नयाँ भवनको उद्घाटन, आइसीपीमा निर्माण भएको वायरहाउसको हस्तान्तरणका लागि विराटनगर आइपुगेका मन्त्री लेखकले गभर्नर नियुक्ति प्राविधिक कारणले हुन नसकेको भन्दैअब केही समयमै हुने दाबी गरे ।

राष्ट्र बैंक भित्रको आन्तरिक समस्याले गर्भनर नियुक्तिमा ढिलाइ भएको उल्लेख गर्दै मन्त्री लेखले सरकारले गर्भनर चाँडै नियुक्त गर्ने जानकारी दिए ।

मुलुकको आर्थिक अवस्था लयमा फर्किएको दाबी गरे । दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखिय सुधार आएको उनको भनाइ छ ।

‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नु हुन्छ । मुलुकको अर्थतन्त्र लयमा आएको छ । विदेशी मुद्राको संचिति बढेको छ दोश्रो कुरा आर्थिक सूचकांक सकारात्मक बनेका छन । यो राष्ट्र बैंकको तथ्यांक हो मैले भनेको होइन,’ उनले भने ।

संविधान र व्यवस्था विरुद्धका कुनै पनि गतिविधि स्वीकार्य नहुने उनले बताए ।

कुनै पनि वादका नाममा संविधान र गणतन्त्र विरोधी गतिविधिलाई स्वीकार्न नसकिने उनको भनाइ छ ।

उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको पनि उनले दाबी गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए ।

‘यो सरकारको पहिलो उद्येश्य भनेको राजनीतिक स्थिरता पनि हो,’यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो । त्यसैले आशाले आम मानिसलाई सकारात्मकता तिर डोर्‍याउँछ ।’

नीतिगत भ्रष्टचार रोक्नका लागि आएको अख्तियार विधेयक मिलेमतोमा अड्कीएको छ नि ? भन्ने जिज्ञासामा लेखले भने,‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विधेयकलाई छलफलबाट टुंगोमा पुर्‍उयाउँछौं । भ्रष्टचारलाई निर्मूल पार्ने बिषयमा हामी अघि बढेका छौं । अवान्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारवाहि गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।’

उनले वर्तमान सरकार पूरा अवधि टिक्ने दाबी गर्दै फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सके पनि सरकारले पूरा अवधि काट्ने बताए ।

कुलमानसँग ९ महिनासम्म सरकार अल्मलियो नि भन्ने जिज्ञासामा मन्त्री लेखले भने, ‘कर्मचारीको नियुक्ति, सरुवा, बढुवा यी समान्य प्रक्रिया हुन् । कहिले काँही समान्य विषय पनि समाचार बन्छन् । यो दश महिनामा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएका छन । उद्योग धन्धा संचालनमा सहज होस भनेर नयाँ कानून आएका छन । भूमि सुधारका लागि कानून र आयोगहरु बनेका छन् । निरास हुनु पर्ने अवस्था छैन । अपेक्षा गरेजति काम हुन सकेनन होला तर निरासा हुनुपर्ने अवस्था छैन ।’