
काठमाडौं । नेपालका विभिन्न २६ वटा हिमाल आरोहण गर्न १ हजार ९२ आरोहीले करिब पौने ७५ करोड रुपैयाँ रोयल्टी बुझाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागको तथ्यांकअनुसार यो वर्षका स्प्रिङ सिजनमा मात्रै आरोहणमा गएका पर्यटकबाट उक्त रोयल्टी प्राप्त भएको हो ।
विभागका अनुसार यो सिजनमा आरोहणमा गएका विभिन्न २६ हिमालबाट ७४ करोड ७९ लाख रुपैंयाँ रोयल्टी संकलन भएको पनि तथ्यांकले देखाएको छ ।
विभागका अनुसार सबैभन्दा बढी रोयल्टी सगरमाथाबाट प्राप्त भएको छ । सगरमाथाबाट मात्रै ६५ करोड ३८ लाख रुपैयाँ रोयटी संकलन भएको छ । यो सिजनमा सगरमाथाको लागि पर्यटन विभागबाट ४४१ आरोहीले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागबाट यो सिजनाका लागि विभिन्न २६ हिमालमा ७३ मुलुकका आरोही गएका छन् । यी आरोहीमध्ये सगरमाथा सबैभन्दा बढी आकर्षणको सिजना भएकोले पनि उक्त हिमाल आरोहण गर्नेको चाम बढेको हो ।
सगरमाथा आरोहण गर्न रोयल्टी पनि धेरै भएकोले अन्य हिमालको तुलनामा यसले उठाउने सरकारी राजस्व पनि बढी हुन्छ । सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति ११ हजार डलर हरेक विदेशीले तिर्नुपर्ने व्यवस्था छ ।
अरु हिमाल आरोहण गर्दा ८ हजार मिटर माथिकाको लागि १८ सय डलर प्रतिव्यक्ति शुल्क लाग्छ भने त्यो भन्दा कमका हिमाल आरोहण गर्न २५० देखि ६०० डलरमात्रै रोयल्टी लाग्ने व्यवस्था छ ।
नेपालीको लागि भने सगरमाथा आरोहण गर्दा ७५ हजार रुपैयाँ लाग्छ भने ४ देखि १० हजार रुपैयाँ मात्रै लाग्छ ।










प्रतिक्रिया