
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ ।
आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०० प्रतिशतले र अमेरिकी डलरमा ७३ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति ३४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ ।
नेपाल सरकारको खर्च ९९८ अर्ब ५२ करोड र राजस्व परिचालन ८३१ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.६ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ ।










प्रतिक्रिया