
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) मा करिब १२ खर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवदेनमा रेमिट्यान्स करिब १२ खर्ब पुगेको तथ्यांक सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जानेको संख्या लगातार बढ्दा रेमिट्यान्स पनि बढ्दै गएको छ ।
गतआर्थिक वर्ष २०८०/८१ को तुलनामा रेमिट्यान्स १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड राष्ट्र बैंकले जनाएको छ ।
फागुन मसान्तमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रहेको रेमिट्यान्स एक महिनामा १ खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको यहि अवधिमा रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ७.३ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड पुगेको छ ।
चालु आवको चैतसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड पुगेको छ । गत आवमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड थियो । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको हो । यस अवधिमा वैदेशिक रोजगारीमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ पुगेको छ ।गत आवको चैतसम्म यस्तो संख्या ३ लाख २७ हजार ८४२ थियो । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । गत आवमा यस्तो संख्या २ लाख ११ हजार २२६ रहेको राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया