पाकिस्तानसँगको तनाबबीच भारतले नागरिकलाई सिकायो आक्रमणबाट बच्ने उपाय (तस्बिरहरु)

623
Shares

एजेन्सी । भारत र पाकिस्तान बीचको तनावका बीच भारत सरकारले नागरिकलाई आक्रमणमा बच्ने उपायबारे तालिम दिएको छ । भारत सरकारको गृह मन्त्रालयले २४४ जिल्लामा ‘सिभिल डिफेन्स’ म्याक ड्रिल सञ्चालन गरेको हो ।

भारत र पाकिस्तान बीचको बढ्दो तनावको बीचमा, गृह मन्त्रालयले आज ‘अपरेशन अभ्यास’ नाम दिइएको तालिम सञ्चालन गरेको हो । जसले नागरिक रक्षा तयारीलाई मजबुत बनाउन उद्देश्य राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राज्य सरकार र संघीय क्षेत्रलाई हवाई आक्रमणको चेतावनी साइरन बजाउन, छानिएका स्थानहरूमा ब्ल्याकआउट प्रोटोकल लागू गर्न र नागरिकलाई हवाई वा जमिनबाट हुने आक्रमणको स्थितिमा सुरक्षा उपायहरूको बारेमा शिक्षा दिइएको थियो ।

यस म्याक ड्रिलमा नेशनल क्याडेट कोर (एनसीसी), नेशनल सर्विस स्किम (एनएसएस), र नेहरू युवा केन्द्र संघठन (एनवायकेएस) का स्वयंसेवकहरू, साथै विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरू पनि सहभागी भएका छन् ।

यो अभ्यास नागरिकलाई आपतकालीन परिस्थितिमा कसरी प्रतिक्रिया जनाउने र सुरक्षित रहने भन्ने उद्देश्यले गरिएको जनाइएको छ ।

भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ भने पाकिस्तानले पनि जवाफी आक्रमणहरु गरेको छ ।

पाकिस्तानले भारतीय हवाई हमलामा २६ नागरिकको मृत्यु र ४६ घाइते भएको जनाएको छ । भारतले पाकिस्तानी गोलाबारीमा १० भारतीय नागरिकको मृत्यु र ३२ घाइते भएको बताएको छ ।