पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन आगामी बैठकमा पेश हुने, सदस्यमध्येबाटै भैरहवाको संयोजक

56
Shares

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन आगामी लेखा समितिको बैठकमा छलफलका लागि पेश हुने भएको छ ।

आइतबारको बैठकले सबै लेखा समिति सदस्यलाई राजेन्द्र लिङदेन संयोजकत्वको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी अध्ययन प्रतिवेदन दिइएको छ । सो प्रतिवेदन अध्ययन गरेर आगामी बैठकमा छलफल गर्ने भएको छ ।

भैरहवा विमानस्थलसम्बन्धित लेखा समितिले बनाएको अध्ययन उपसमितिको संयोजकबाट योगेश भट्टराई अलग भएकोले अर्को संयोजक तोकिने भएको छ । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अच्युत मैनालीलाई संयोजक प्रस्ताव गरे पनि सहमति नभएपनि उक्त अध्ययन समितिकै सदस्यहरु मध्येबाट संयोजक तोक्ने निर्णय भएको छ ।

भट्टराई नेतृत्वको उपसमितिमा मनिष झा, डा. अमरेशकुमार सिंह, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँण र सराज अहमद फारुकी सदस्य छन् ।