लेखा समितिको बैठक बस्दै, पोखरा एयरपोर्टको भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमाथि छलफल केन्द्रित हुने

63
Shares


काठमाडौं । सार्वजनिक लेखा समितिको आइतबार साढे १ बजेका लागि बोलाइएको बैठक बस्दै छ । यो बैठकमा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले संयोजकत्वको उपसमितिले बुझाएको पोखरा एयरपोर्टमा भएको भ्रष्टाचार सम्बन्धी प्रतिवदेनमाथि छलफल हुने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १० अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको प्रतिवेदन उपसमितिले बुझाएको थियो । सोही प्रतिवेदनमा आइतबार छलफल हुने भएको छ ।

पोखरा विमानस्थ निर्माण गर्दा कर छुट दिएको, माटो भरेको, डाँडा काटेको, माटो फालेको, नाली काटेको, एसी जोडेकोसहितका विभिन्न शीर्षकमा भएको खर्च अनियमित भन्दै अध्ययन प्रतिवदेन तयार भएको छ ।

लिङ्देलको संयोजकत्वमा पेश भएको उक्त समितिले दिएको प्रतिवेदनले औंल्याएको कमी कमजोरी, सुधारका उपाय र सुझावलाई लेखा समितिले ग्रहण गरेर थप अध्ययन तथा अनुसासन्धान गरी कारबाहीका लागि अख्तियारलाई सिफारिश गर्नेसम्मको विषयमा छलफल हुने भएको छ ।

Skip This