विद्युत प्राधिकरणका अधुरा आयोजना पूरा गर्न १ खर्ब २२ अर्ब लाग्ने

91
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन आयोजना पूरा गर्न १ खर्ब २२ अर्ब रुपैयाँ लाग्ने भएको छ ।
प्राधिकरणको निर्माणाधीन प्रसारण र वितरण संरचना पूरा गर्न उक्त बजेट खर्च हुने प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

प्राधिरकणका अनुसार विद्युतीय पूर्वाधार निर्माणका लागि प्रसारण लाइन र सव स्टेसन बनाउनमा सबैभन्दा बढी खर्च हुँदै छ । उक्त खर्च ९२ अर्ब रुपैयाँ लाग्ने भएको छ । प्राधिकरणका अनुसार उच्च भोल्टेज सञ्जालतर्फ ६ हजार ७४५ सर्किट किमि प्रसारण लाइन तथा १३ हजार ७५४ एमभीए सबस्टेसन सञ्चालनमा रहेका छन् ।

२ हजार १२९ सर्किट किमि प्रसारण लाइन तथा ६ हजार ६६९ एमभीए सबस्टेसन प्राधिकरणबाट निर्माण भइरहेको छन् । अन्तरदेशीयतर्फ १ हजार ७४५ मेगावाट क्षमताको २२४ सर्किट किमि सञ्चालनमा रहेका छन् । यी निर्माणाधीन आयोजनाहरु सम्पन्न गर्न करिब ९२ अर्ब २८ करोड रुपैयाँको दायित्वसहित वित्तीय व्यवस्था गर्न आवश्यक रहेको प्राधिकरणको भनाइ छ ।

वितरण सञ्जालतर्फ, ३३/११/०.४/०.२३ केभी लाइनको जम्मा लम्बाई २ लाख १० हजार ३१७।४२ सर्किट किमि रहेको छ । कुल २ हजार ६०८ एमभीए क्षमताको १९८ वटा ३३र११ के। भि। सवस्टेसनहरु रहेका छन्।

निर्माणाधीन भूमिगत वितरण लाइनतर्फ एचटी केबुल १ हजार ३२० किमि मध्ये ४२९ किमि चार्ज भएको र एलटी केवुल १ हजार ४१६ किमि मध्ये ५२८ किमि मात्र चार्ज भएको छ। हाल निर्माणाधिन वितरण लाइन, सवस्टेसन तथा अन्य आयोजनाहरु सम्पन्न गर्न करिब ३० अर्ब ५५ करोड रुपैयाँ आवश्यक हुने पनि प्राधिकरणको भनाइ छ ।