९९% विश्वसनियता भएको वायुसेवा निगमको ८ हजार उडानमध्ये ६ हजार डिले, २ हजार उडान मात्रै समयमा

441
Shares

काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमप्रतिको विश्वसनीयता ९९ प्रतिशत भए पनि तय भएका तालिकाकै उडान भने अधिक रुपमा डिले हुने गरेका छन् ।

‘नेपाल वायुसेवा निगमको वर्तमान अवस्थाको विश्लेषण र सुधारका उपाहरु’ नामक प्रतिवेदनमा निगमले पछिल्लो साढे पाँच वर्षको उडानको तथ्यांक सार्वजनिक गरेको छ ।

उक्त तथ्यांकअनुसार निगमका जहाजका तय भएका ८ हजार ४३८ वटा उडानमध्ये ६ हजार २१९ वटा उडान समयमा हुन नसकेर ढिलो भएको छ भने बाँकी २ हजार ४६ वटा उडान मात्रै समयमा हुन सकेको तथ्यांकले देखाएको छ ।

निगमको उक्त तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा १ हजार ७३ वटा उडानमध्ये १२६ वटा समयमा नै भएको थियो भने ढिलो भएकाको संख्या ९४७ वटा रहेको छ । बाँकी १६ वटा उडान ५ महिनाको बीचमा भएको देखिएको छ ।

निगमले २०७६ देखि २०८१ को मंसिरसम्मको उडानको संख्या, समयमै भएको उडान, ढिलोसहितको तथ्यांक सार्वजनिक गरेको छ । यस्तो तथ्यांकमा गत वर्षं २०८० मा मात्रै १७८० उडान तालिका तय भएकोमा १५६६ वटा उडान ढिलो भएर २१४ उडान मात्रै समयमा भएको देखिएको छ । उक्त उडानमध्ये १८ वटा रद्द नै भएको छ ।

निगमको आन्तरिक उडानमा पनि २०८१ कात्तिकसम्मको ५ वर्षमा ५ हजार ४६ वठा उडान राखेको ३४ सय ४ वटा मात्रै सम्पन्ँ भएको देखएको छ । निगमको आन्तरिक उडानको विश्वसनीयता भने ६७ प्रतिशत मात्रै रहेको छ भने समयनिष्ठता ५८ प्रतिशत भएको उल्लेख छ ।