एलन मस्कको स्टारलिंक नेपाल भित्रने चर्चा

नेपालमा दुई स्याटेलाइट फोन: प्रतिमिनेट शुल्क १७० रुपैयाँ, १ हजार जना सक्रिय प्रयोगकर्ता

8.1k
Shares

आकस्मिक प्रयोग, जहाँ र जतासुकै भूभागबाट पनि सम्पर्क स्थापित गर्न सकिने स्याटेलाइट फोनका ग्राहक नेपालमा ४/५ हजार जना भएपनि सक्रिय प्रयोगकर्ता भने १ हजार जना छन् । हाल आम सर्वसाधारणले प्रयोग गर्न सक्ने हैसियतमा नभएको र लाे अर्बिटबाट सेवा दिएर ठूलो जनसमूदायलाई सेवा दिन क्षमता बनाउन नसक्दा दुई दशकअगाडि सेवा आएका स्याटेलाइट फोनले बलियो बजार पहुँच बनाउन सकेका छैनन् ।

काठमाडौं । विश्वकै धनाढ्य एलन मस्कको दूरसञ्चार सेवा नेपाल प्रवेश गर्न खोज्दै छ । मस्कको स्टार लिंकले नेपालमा स्याटेलाइट बेसमा सेवा दिन रुची देखाएकाे छ । त्यसका लागि सरकारसँग उपयुक्त लगानीको वातावरण खोज्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक चरण व्यापारिक उद्देश्यसहितको प्रस्तुतीकरणसमेत दिइसकेको छ ।

नेपालमा स्याटेलाइटमा आधारित दूरसञ्चार सेवा भित्रदा ग्राहकले सस्तो र गुणस्तरीय सेवा पाउने चर्चा भइरहेको बेला नेपालमै लामो समयदेखि महँगो प्रविधिमार्फत स्याटेलाइट फोनको सेवाका कम्पनी भने गुमनाम छन् । नेपालमा करिब दुई दशकदेखि कन्स्टेलेसन प्रालिले स्याटेलाइट फोनको सेवा दिइरहेको छ । यस्तो सेवाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले आईफोर टेक्नोलोजीलाई पनि अनुमति दिएको छ ।

दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार टेलिफोनमा गरिने कुराकानी (भ्वाइस) सेवामा दुई कम्पनी कन्स्टेलेसन र आईफोर टोक्नोलोजीको समेत उपस्थिति देखाउन थालेको छ ।

प्राधिकरणले चैत महिनामा सार्वजनिक गरेको तथ्यांक अनुसार कन्स्टेलेसनको सक्रिय प्रयोगकर्ता १ हजार ५९ छन् भने आईफोरको १० पुगेको देखिन्छ ।

नेपालको दूरसञ्चारमा नेपाल टेलिकम र एनसेल मात्रैको हालिमुहाली भइरहेको बेला देखिएको दुई नयाँ कम्पनीको भ्वाइस सेवाको उपस्थितिले प्रतिस्पर्धी कम्पनीको आवश्यकता देखाइरहेको संकेत स्पष्ट छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को कम्पनी कन्स्टेलेसन प्रालिले नेपालमै स्याटेलाइटको सेवा दिइरहेको छ । यो कम्पनीले आकस्मिक सेवा, सुरक्षा निकाय, हिमाली क्षेत्र, अन्य दूरसञ्चार पहुँच नपुगेको र विकल्पको रुपमा प्रयोग गर्ने गरी स्याटेलाइटबाट सेवा दिइरहेको छ ।

कन्स्टोलेसनका प्रबन्धक सनातन गजुरेल नेपालमा संस्थागत रुपमा मात्रै स्याटेलाइट फोनको प्रयोग भइरहेको बताउँछन् । व्यक्तिगत तहमा भने जीएसएम मोबाइल फोन भएकोले हिमाल आरोही, दुतावास, सुरक्षा निकाय, संयुक्त राष्ट्र संघको कार्यक्रमको समूह, दुर्गम क्षेत्रमा सञ्चार पहुँच नभएका ठाउँमा दिने काममा स्याटेलाइट फोनको प्रयोग भएको छ ।

गजुरेल भन्छन्, ‘स्याटेलाइट फोन महँगो प्रविधिको भएकोले आम जनमानसको प्रयोग सहजै गर्ने अवस्थाको छैन । यसमा प्रति मिनेट १ डलर भन्दा बढी खर्च हुन्छ । यो फोन नेपालमा कम्तिमा १.२५ डलर (एक सय ७० रुपैयाँ) प्रतिमिनेटको दरमा शुल्क लाग्छ ।’

नेपालमा सेवा दिइरहेको कन्स्टेलेसनले थोराय नोभा प्लस पोस्टपेड सिमकार्डमार्फत सेवा दिन्छ । यसका लागि थोराया ब्राण्डभित्रको कुराकानीमा प्रतिमिनेट १ डलर, थोरायसँग अर्को ब्राण्ड १ मा प्रतिमिनेट १.२५ डलर लाग्न छ सबै ब्रान्ड सर्पोट गर्ने अवस्थामा भने प्रति मिनेट १७.४० डलर प्रति मिनेट शुल्क लाग्छ ।

स्याटेलाइटमार्फत ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन (जीएमपीसीएस) का रुपमा प्रयोग भएको यो फोनको लागि पोस्टपेड सिम लिन एक्टिभेसन चार्ज १० हजार, मासिक रेन्टल चार्ज ५२ डलर भन्दा माथि र सेक्युरिटि डिपोजिट २५ हजार रुपैयाँ पर्छ ।
यो फोनको प्रयोगकर्तालाई ६ हजार मिटरमाथिको हिमाल आरोहण गर्दा प्रतिमिनेट १७० पर्नु ठूलो कुरा नहुने, पानीमुनी जानुपरेपनि चल्ने र ठूलो प्राकृतिक प्रकोपको बेला पनि बिना कुनै अवरोध चल्ने हुँदा त्यस्तो बेला सस्ताे महँगोको मतलब हुँदैन । आकस्मिक प्रयोजनका बेला सेवा नै प्रमुख हुन्छ ।

यो स्याटेलाईटमा फोन रिसिभ गर्दा शुल्क नलाग्ने र कल गर्दा मात्रै शुल्क लाग्ने भएकोले आम उपभोक्तालाई नभएर यो लक्षित वर्गलाई मात्रै दृष्टिगत गरिएको छ । महँगो प्रविधिको यो फोनको इजाजत लिँदा पनि नेपाल दूरसञ्चार प्राधिकरणले १५ लाख रुपैयाँ इजाजतशुल्क लिन्छ भने पाँच वर्षपछि नवीकरण शुल्क पनि १५ लाख रुपैयाँ नै लिँदै आएको छ ।

हाल बजारमा प्रयोग भइरहेको बेसिक फोन भन्दा स्याटेलाइट महँगो पर्ने भएकोले बिजनेस ग्रुप वा लक्षित वर्गले मात्रै प्रयोग गरिरहेका छन् ।

पछिल्लो समय नेपाल आउने भनेको स्टारलिंकको स्याटेलाइट भने लो अर्थ अर्बिटबाट सेवा दिने भन्ने छ । यसबाट सस्तो पर्ने जाने र द्रुत गतिको ब्रोडव्यान्ड सेवा समेत दिन सकिन्छ । अहिले नेपालमा प्रयोग भइरहेको स्याटेलाइट भने हाइ अर्थ अर्बिटको भएकोले महँगो परिरहेको छ ।