पियोर इनर्जी आईपीओ बाँडफाँट

133
Shares

काठमाडौं । पियोर इनर्जी कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको हो ।
आईपीओमा आवेदन दिएकामध्ये १ लाख १९ हजार ५२० जनाले १० कित्ता सेयर पाएका छन् ।

आईपीओमा १८ लाख ५४ हजार ४९७ जनाले दिएको आवेदनमा १८ लाख ४६ हजार ६६४ जना मात्रै बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

कम्पनीले चैत २८ देखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता निष्कासन गरेको थियो ।
आईपीओको नतिजा पियोर इनर्जीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयर माफर्छ थाहा पाउन सकिने छ ।

Skip This