
काठमााडौं । होटेल सारथी प्रालिले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनीले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
होटेल सारथी धुलिखेलमा आयोजित कार्यक्रममा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । होटेल सारथीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर जारी गर्ने जनाएको छ ।
आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । सम्झौतासँगै होटेल सारथीले आर्थिक वर्ष २०८२÷०८३ भित्र सूचीकृत हुने जनाएको छ । नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रका कम्पनीमा लगानी गर्ने अवसर पाउनेछन् ।
२०७२ सालमा स्थापना भएको सारथी धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो । २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् । २० देखि ४०० जनासम्मको क्षमता भएको ठुला–साना गरि ४ वटा सभा हल रहेको होटलको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ ।








प्रतिक्रिया