ट्रेड टावरको आईपीओ निष्कासन


काठमाडौं । ट्रेड टावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आजदेखि वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ ।

Skip This