
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको छ ।
आइतबार निषेधित क्षेत्र तोड्नेभन्दै राप्रपाले प्रदर्शन गरिरहेको छ । प्रदर्शन जारी रहँदा सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यलयमा बैठक बसेका उनीहरुलाई प्रहरीले बाहिर निस्कन रोकेको आरोप छ ।
सिंहदरबारभित्रै उनीहरुले प्लेकार्ड लिएर प्रदर्शन गरेपछि प्रहरीले राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो ।























प्रतिक्रिया