
काठमाडौं । सीता एयरको एक जहाजको हाइड्रोलिक फेल भएको छ ।
बुधबार विहान लुक्लाबाट रामेछाप उडेको उक्त जहाजले प्राविधिक समस्या आयो भनेपछि काठमाडौं डाइभर्ट गरेर आकस्मिक अवतरण गरिएको छ ।
१४ जना यात्रु बोकेर आएको उक्त जहाजको हाइड्रोलिक फेल भयो भनेपछि आकस्मिक अवतरणपछि तारेर ट्याक्टरले पार्किङ स्थलमा लगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए ।
उनका अनुसार सम्पूर्ण तयारी गरेर आकस्मिक अवतरण गरिएको जहाज समान्य अवस्थामा छ ।
९एन एआईई कलसाइनको डाेर्नियर जहाजमा इन्डिकेटरले हाइड्रोलिको पे्रसर नआएको संकेत गरेको थियो । हाइड्रोलिकको प्रेसर जति हुनुपर्ने थियो त्यो नभएकोले रामेछापको तुलनामा काठमाडौं विमानस्थलको धावनमार्ग ठूलो भएको यतै आउनुपरेको सीता एयरका महाप्रवन्धक घनश्याम आचार्यले बताए ।
‘जहाजमा इन्डिकेटरले प्रेसर कम भएको संकेत गरेको हो । यो समान्य हो ’ उनले भने, ‘प्रेसर कम भएको जहाजलाई कुदाउँदा आफ्नै लिमिट हुन्छ र धेरै दौडाउन नहुने भएकोले ट्याक्टरले तान्नुपरेको हो ।’








प्रतिक्रिया