
काठमाडौं । पियोर इनर्जी कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा माग भन्दा १९.०२ गुणा बढी आवेदन परेको छ ।
सीडीएसका अनुसार मंगलबार साँझसम्म १९ लाख ३६ हजार ५३ जना आवेदकले २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँको २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा १९.०२ गुणा बढी हो । आईपीओमा माग भन्दा धेरै आवेदन परेका कारण यसको बाँडफाँट गोलाप्रथाबाट हुनेछ ।
कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।
प्रतिक्रिया