नयाँ वर्षमा आईपीओ ल्याउन लागेको ट्रेड टावरको यस्तो छ वित्तीय अवस्था, कोको हुन सेयरधनी ?

2.1k
Shares

काठमाडौं । ट्रेड टावर कम्पनी नयाँ वर्ष २०८२ मा प्राथमिक सेयर निष्कासन (आईपीओ) ल्याउने पहिलो कम्पनी हुने भएको छ । यसले सर्वसाधारणको लागि आईपीओ ल्याउन अनुमति पाएको छ ।

कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई वैशाख ८ गतेबाट सेयर निष्कासन गर्दैछ ।
आईपीओ निष्कासन गर्न लागेको यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५ करोड ६० लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

आव २०८१/०८२ मा कम्पनीको नाफा ६ करोड ६१ लाख ६३ हजार रुपैयाँ, आव २०८२/८३ मा १० करोड १५ लाख ८ हजार रुपैयाँ र आव २०८३/०८४ मा १२ करोड ५५ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य राखेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.३९ रुपैयाँ रहेको छ । कम्पनीका अनुसार आव २०८१÷०८२ मा प्रति सेयर नेटवर्थ १०८.११ रुपैयाँ, आव ०८२/३ मा ११२.४५ रुपैयाँ र आव २०८३/०८४ मा ११५.३९ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीका अनुसार आव २०८१/०८२ मा प्रति सेयर नेटवर्थ १०८.११ रुपैयाँ, आव ०८२÷८३ मा ११२.४५ रुपैयाँ र आव २०८३÷०८४ मा ११५.३९ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।

चालुआवको पुस मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी १.८८ रुपैयाँ रहेको छ । आव २०८१/०८२ मा प्रति सेयर आम्दानी २.२ रुपैयाँ, आव ०८२/८३ मा ४.३३ रुपैयाँ र आव २०८३/०८४ मा ५.९५ रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।

कम्पनीको अध्यक्ष शिवहरि दंगाल हुन् । कम्पनीको उनको ३०.८८ प्रतिशत अर्थात १२ लाख ९२ हजार १५७ कित्ता सेयर स्वामित्व छ ।

सञ्चालक सुष्मा लम्सालको २३.०९ प्रतिशत अर्थात ९ लाख ६६ हजार ३६६ कित्ता, कम्पनीको सेयरधनी सौगात दाहालको ८.७१ प्रतिशत अर्थात ३ लाख ६४ हजार ४८९ कित्ता, सञ्चालक सतिस न्यौपानेको ३.४३ प्रतिशत अर्थात १ लाख ४३ हजार ३२५ कित्ता सेयर स्वामित्व छ ।

फ्यूचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रालिको ३.८० प्रतिशत अर्थात १ लाख ५८ हजार ८०५ कित्ता, सञ्चालक नवराज बिष्टको ०.११ प्रतिशत अर्थात ४ हजार ४३८ कित्ता, सुुष्मा लम्सालको ९ लाख ६६ हजार ३६६ कित्ता अर्थात २३.०९ प्रतिशत सेयर स्वामित्व छ ।