प्रभु क्यापिटलद्वारा कर्पोरेट डिजिटल क्यालेन्डर सार्वजनिक

105
Shares

काठमाडौं । प्रभु क्यापिटलले नेपाली नयाँ वर्ष २०८२ को लागि तयार गरेको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत मितिहरू, सार्वजनिक बिदाहरू, तिथि, नेपाली र अंग्रेजी मिति तथा नेपालीहरुले मनाईने विविध चाँडपर्व तथा सांस्कृति झल्किने तस्वीरका साथै क्यापिटलले आफ्नो सेवा सुविधाहरू समेत क्यालेन्डरमा समेटेकोे छ ।

क्यालेन्डरमा क्यापिटलले दिने सेवा बारे ग्राहक महानुभावहरूलाई सजिलै जानकारी दिनूका साथै सोमा ग्राहकहरुलाई लगानी तथा वित्तीय साक्षरता सम्बन्धी सन्देश पनि दिएको छ ।

उक्त क्यालेन्डर डिजिटाइज गरी वेबसाइटमार्फत डाउनलोड सहितको सुबिधा दिई उपलब्ध गराएको जनाएको छ । डिजिटल माध्यमबाट सम्पूर्णमा पहुँचयोग्य बनाउन सो को क्युआर कोड सामाजिक सञ्जाल र वेबसाइटमार्फत उपलब्ध गराएको छ ।
कुनै पनि कम्पनीका प्रथमत् कर्मचारी नै ब्रान्ड एम्बेस्डर हो भन्ने मान्यता लिई क्यापिटलले आफ्ना कर्मचारी मार्फत नै आफ्ना सेवा तथा वित्तीय लगानीका प्रडक्ट तथा योजनाहरु क्यालेन्डरमा प्रस्तुत गरेको जनाएको छ ।

मर्चेन्ट सम्बन्धी विभिन्न सेवा, सुविधा तथा योजनाहरूमा २ लाख ६० हजार बढी ग्राहक भएको प्रभु क्यापिटलले आफ्नो कमलादी स्थित कर्पोरेट कार्यालय तथा प्रभु बैंकको सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्ने सुबिधा दिएको छ भने ग्राहकले अनलाईन मार्फत समेत डिम्याट तथा पिएमएसको सेवा लिनसक्ने छन् ।