
काठमाडौं । यो वर्षका लागि सेयर कारोबारको अन्तिम दिन बजारमा सुधार आउन सकेन । निकै उतार चढाबकाबिच बजार ८.६२ अंकले घटेर परिसूचक २६६२.०८ बिन्दु कायम भएको छ ।
आज २०८१ सालको अन्तिम कारोबार दिन यो । वर्षको अन्तिम दिन पनि बजारले रातै अनुहार लगाएको छ । आज ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा होटल, लगानी, निर्जीबन बिमा समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक राताम्मे भएका छन् ।
कारोबारमा ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ ।
कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा वन नेपाल लघुवित्त, बलेफी हाइड्रोपावर, सिन्धु विकास बैंक, गार्डियन माइक्रो लाइफ, न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया