
काठमाडौं । बहुचर्चित युनिटी ठगी प्रकरणको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
६०औं पटक पेसी चढेको यो मुद्दाको सुनुवाइ भइरहेको हो । यसअघि यो मुद्दा पटक-पटक सरेको थियो । आइतबार यो मुुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासमा रहेको छ ।
यो मुद्दा २०७४ साल चैत २१ गते फौजदारी-ठगीमा दर्ता भएको थियो ।
यसका प्रतिवादीहरुमा युनिटी लाईफ लिको अध्यक्ष प्रसाद भन्ने यसका प्रतिवादीहरुमा युनिटी लाईफ इन्टरनेशनलका अध्यक्ष काशिराम गुरुङ, युनिटी लाईफ इन्टरनेशनलका कृष्णबहादुर क्षेत्री , विष्णुबहादुर क्षेत्री, नेत्र राजवंशी, भीम गुरुङ, कृष्णबहादुर श्रेष्ठ, महेन्द्र आचार्य, गंगादेवी साहनी, रवि मगर, अशोकगोविन्द राजभण्डारी, मनमाया श्रेष्ठ, मानबहादुर क्षेत्री , टिकाराम सापकोटा, यामबहादुर चर्मकार, धान्यबहादुर केसी, यम के.सी. , मीनाकुमारी थापा , जीबराज जोशी, देबबहादुर श्रेष्ठ-सुनिल जुवार्चन सहित ११४ जना रहेका छन् ।
प्रतिक्रिया