बल्खुमा राष्ट्रिय झन्डा बेच्नेहरु मालामाल, एकैदिन १० हजारसम्मको व्यापार (फोटो फिचरसहित)

70
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सभामा राष्ट्रिय झन्डा बेच्नेहरु भने उत्साहित भएका छन । उनीहरुले झन्डा बेचेरै ५ देखि १० हजार रुपैयाँ आम्दानी गरेका छन् ।

बल्खुमा राष्ट्रिय झन्डालाई लामो निगालोमा राखेर ल्याएका ती व्यापारीहरु राप्रपाको सभामा झन्डा बेच्न व्यस्त देखिन्थे । उनीहरुले आफैले लामो लामो लौरोमा राखेर झन्डाको व्यापार गरेका थिए ।