
काठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
चैत १५ गते तीनकुनेमा भएको विरोध प्रदर्शनमा भएको घटनामा संलग्न रहेको भन्दै मिश्र र जबरासहित सबैलाई पक्राउ परेको गरेको छ ।
आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद उपाध्यायले सबै जनालाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
उनीहरुले राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि उनीहरूविरुद्ध पहिलो पटक ५ दिन र दोस्रो पटक ६ दिन म्याद थप गरेर अनुसन्धान गरेको छ ।
प्रतिक्रिया