रविलाई कारागारको ४ नम्बर ब्लकमा राखियो, भने- अदालतको सम्मान छ

1.8k
Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतलको सम्मान रहको प्रतिक्रिया दिएका छन् ।

सोमबार कारागार चलान हुँदै गर्दा लामिछानेले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ ।

गत शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासको आदेशलगत्तै काठमाडौंस्थित निवासबाट लामिछाने पक्राउ परेका थिए ।

उनलाई शनिबार भैरहवा लगिएको थियो । शनिबार र आइतबार बिदा भएकाले हिरासतमा बिताएका लामिछानेले सोमबार कारागार चलान भएका हुन् ।

लामिछाने कारागार चलान हुँदैगर्दा एक सञ्चारकर्मीले ‘अदालतको आदेशमा केही भन्नु छ ?’ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा उनले, ‘केही भन्नु छैन, सम्मान छ’ भनेका थिए ।