
काठमाडौं। सुनको मूल्य १९०० रुपैयाँले घटेको छ ।
गत शुक्रबार १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार १ हजार ९०० रुपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार १ हजार ८७० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आइतबार भने १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया