
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले सहकारी ठगी प्रकरणमा थुनामा राख्न आदेश दिएपछि लामिछानेलाई शुक्रबार राति बुढानीलकण्ठस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
शुक्रबार राति लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको थियो ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो । लामिछाने पक्राउ भए लगत्तै पार्टीको सचिवालय बैठक बसेको हो ।
बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।
यस्तै, आज शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।
प्रतिक्रिया