फोन पेको क्यूआरबाट एकैदिन १० लाख पटक कारोबार

77
Shares

काठमाडौं । भुक्तानी नेटवर्क फोन पेको क्यूआरबाट एकैदिन १० लाख भन्दा बढी पटक कारोबार भएको छ । यसदिन कुल कारोबार २ अर्ब ६२ करोड पुगेको छ ।

यस ऐतिहासिक उपलब्धिमा भारतीय पर्यटकहरूको पनि उल्लेखनीय योगदान रहेको कमम्पनीले जनाएको छ ।

नेपाल–भारत क्रसबोर्डर यूपीआई भुक्तानी प्रणाली प्रयोग गरी भारतीय पर्यटकहरूले ३ हजार ३०० भन्दा बढी कारोबार गरेका थिए । कुल कारोबार रकम ७.६ मिलियन (७६ लाख) पुगेको थियो ।

नेपाल भ्रमण गर्ने पर्यटकहरूका लागि भुक्तानी प्रक्रिया सरल बनाउनुका साथै देशभर डिजिटल कारोबारको स्वीकृति बढाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको छ ।