कुलमानको रिट राउत र सुवेदीको इजलासमा, अन्तरिम आदेश जारी होला ?

574
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सुनुवाइका लागि रिटको पेसी प्रधानन्याधीश प्रकाशमान सिंह राउत र शारङ्गा सुवेदीको इजलासमा तोकिएको छ ।

यसअघि शुक्रबार रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । न्यायाधीश अब्दुलअजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारणबारे सरकारलाई स्पष्टीकरण दिन आदेश दिएको थियो।

अदालतले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई आइतबार छलफलका लागि उपस्थित हुन भनेको छ ।

गत सोमबार मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्रबन्ध निर्देशकबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।